कसैको आशिषमा चल्यो, न कसैको आरिसले जल्यो !
इमान र स्वाभीमानको तेल थपेँ, र त आँधीहुरिमा बल्यो !!
कोमल निश्चल आवरणमा अवरोधका धारिला तरबार थिए !
धारैमा रेटिएँ, न आँट डगमगायो न कुनै प्रलोभनमा गल्यो !!
आरोह अवरोह बिना त बाँच्नुको के मजा हुन्थ्यो र जीवन !
आफै माथिको विश्वास न कहिल्यै झर्यो न कहिल्यै ढल्यो !!
तिखारिएका काँडाहरु पाइलैपिच्छे नघोचेका त कहाँ हुन् र !
बसन्त त मेरै थियो, निर्झन शिशिरमा नि ढकमक्क फुल्यो !!
RELATED POSTS
View all