एउटा सपनाको खोजीमाअनवरत दौडीयौहेक्का राखेनौ त्यो हत्केलाका ठेलाहरुकयौं पटक फुटेका पैतालाहरुमातिमीले धागोले औंला कसेर रगत निकालेको देखेंआफैलाई थिच्ने विशाल भारी बोक्थ्यौ,बा ! गहुगो छैन भनि सोध्दायी भन्दा त मेरा सपना गहौं छन् भन्थ्यौ
February 12, 2024 | by meroimagine.com
अरुले धान फलाउने खेतमा
तिमी सुन फलाउँथ्यौ
माटोसँगको नाता अजम्बरी थियो
विरुवाहरु तिम्रै स्याहारको पर्खाइमा हुन्थे
तिमी हात लगाउँथ्यौ, बोट हलक्क हुन्थे
बा ! तिमाी यो माटोमा के गर्छाै भनी सोध्दा
म मेरा सपनाहरु उमार्दैछु भन्थ्यौ
कयौ रात मचानमा काट्यौ
चुरेको जंगलबाट ल्याएर बाबीयोको डोरी बाट्यौ
त्यही डोरीको पीङ्गमा सपना झुलीरहे
बगेको पसिनाले तिम्रो सपना भिज्न थाल्यो ।
तिमी भौतारीदै पराई भूमीमा गयौ
फेरी चिचिला सपना सम्झीएर आयौ
बा ! तिम्रा सपना किन रंगहिन भनेर सोध्दा
म इन्द्रेणीको रंग भर्दैछु भन्थ्यौ ।
तिम्रा सपनाहरुको मुटु, कलेजो र मृगौला बने
विस्तारै त्यो पूर्ण आकृती बन्यो
तर तिमीले आफ्ना अंगहरु दान गरेको हेक्का राखेनौ
पसिनाले दोहन गरे तिम्रा अंग अंग
शरीर अब खोक्रो हुँदै गयो, चाउरीन थाल्यो
बा ! तिम्रो आँखामा किन आँशु छ भनि सोध्दा
सपनाहरु निचोरेर म आँखाबाट झार्दैछु भन्यौ
जिवनको सतिशाल ढल्नै लाग्यो
सपनाको पछ्याइमा गिन्ती गरिएका सास
अब भगवानको आसमा रह्यो
अन्तिम सास अघि बालाई सोध्न सकिन
बा ! आफैले भने, छोरी सपना होइन तँ जिवन बाँच
अन्तिम सत्य जान्दा बाले धर्ति छाडे
म मेरा सपनाहरुलाई चिरा चिरा पार्न थाले
बर्तमानमा बाँच्ने प्रेरणा बटुल्दै
अञ्जुलीमा भरेका ति प्यारा सपनाहरुलाई
बाको पार्थीव शरिरसँगै श्रद्धाञ्जली दिएँ
हो, बा ! म जिवन बर्तमानमा बाँच्छु
RELATED POSTS
View all